"> ">
04 September 2010 01:44 p 
More Latest News
News Archive
Select the dates below for previous news
 
- -
- -
 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Feedback Plz !!!

Home
द्वन्द्व व्यवस्थापन र जलवायु परिवर्तन पढाइनुपर्ने
07 October 2009 01:44 p
Print View Post Your Comment  780 views
नेपाल समाचारपत्र, (काठमाडौं) सार्क मुलुकबीच उच्चशिक्षा आदान-प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको सार्क विश्वविद्यालयको चौथो बैठक मंगलबारबाट शुरू भएको छ।

राजधानीमा शुरू भएको तीनदिने बैठकमा सार्क मुलुकका नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र अफगानिस्तानका विश्वविद्यालय अनुदान आयोगका प्रमुखहरूको उपस्थिति रहेको छ। बैठकमा सार्क राष्ट्रले सञ्चालन गर्न लागेको क्याम्पसको भौतिक संरचना अध्ययनको विषय र बजेटबारेमा छलफल हुने भएको छ।

भारतमा केन्द्रीय क्याम्पस रहने सार्क विश्वविद्यालयका सबै देशका विद्यार्थीले स्नातकोत्तर शिक्षा हासिल गर्न पाउनेछन्। भारतले सन् २०१० देखि विश्व पठनपाठन गर्न लागेको छ। बैठकको उद्घाटन गर्दै शिक्षा राज्यमन्त्री गोविन्द चौधरीले विश्व परिवेशको उच्चशिक्षा अध्ययन गराउने सार्क विश्वविद्यालयको महत्त्वपूर्ण भूमिका रहने चर्चा गर्नुभयो।

‘सार्क मुलुकको अर्थतन्त्र बलियो पार्न विश्वविद्यालयको महत्त्वपूर्ण भूमिका रहनेछ’ -उहाँले भन्नुभयो। सार्क विश्वविद्यालयकी निर्देशक आरडी राजपाक्षले सार्क मुलुकको उच्चशिक्षाको स्तर वृद्धि गर्न विश्वविद्यालय सञ्चालन गरिएको उल्लेख गर्दै सबै देशमा सार्क क्याम्पस स्थापना गरेपछि सबै देशबीच मित्रता बढ्नेछ भन्नुभयो।

उहाँले सार्क विश्वविद्यालयका क्याम्पसले विज्ञान प्रविधि, द्वन्द्व व्यवस्थापन, जलवायु परिवर्तनलगायत नौलो विषयको अध्यापन गराउनुपर्ने बताउनुभयो।
विश्वविद्यालय अनुदान आयोगद्वारा आयोजित बैठकमा बोल्दै सार्क विश्वविद्यालय परियोजना निर्देशक डीके रेडाले सबै देशमा क्याम्पस स्थापना भएपछि सबै देशको शिक्षाको स्तर बढ्ने बताउनुभयो।

उहाँले भन्नुभयो- ‘सार्क राष्ट्रबीचको सांस्कृतिक र शैक्षिक आदान-प्रदान गर्नु नै सार्क विश्वविद्यालयको मुख्य उद्देश्य हो।’वि. आयोगका अध्यक्ष डा. कमलकृष्ण जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले नेपालले सार्क क्याम्पस स्थापना गर्ने बताउनुभयो।

 

Beauty Tips
More headline news
  • कोइरालाको नगरपरिक्रमा
  • बस दुर्घटनामा सातको मृत्यु
  • पूर्वराजा ज्ञानेन्द्रको पक्षमा सर्वोच्च अदालत
  • पाँच वर्षछि बल्ल राष्ट्रिय विकास समितिको बैठक
  • निजीक्षेत्रद्वारा आन्दोलनको चेतावनी
  • उपप्रम बनाउने गिरिजाबाबुको अधिकारः सुजाता
  • काबेली बुटवल पावरले पायो
  • बस दुर्घटनामा ७ को मृत्यु, ४५ घाइते
  • वर्षाको ताण्डव जारी
  • पर्यटक बसमा प्रमको काठमाडौं सयर
  • कांग्रेस सभापति कोइरालासँग जानकारी माग
  • बेमौसमी वर्षाको विनाशलीला
  • आखिर संसद् नचल्ने भो
  • सहमति भनेकै माओवादी नेतृत्वको सरकारः प्रचण्ड
  • माओवादी लचक भए सहमति छिट्टैः प्रम
  • एक करोड भाडा नउठाउनुको कारण खुलाउन आनाकानी
  • दूतावास खोल्न आएन दक्षिण अफ्रिकाको स्वीकृति
  • द्वन्द्व व्यवस्थापन र जलवायु परिवर्तन पढाइनुपर्ने
  • करारमा नियुक्तिप्रति विद्युत्का कर्मचारीको आपत्ति
  • लागूऔषधका डिलर सञ्चालक पक्राउ
  • प्रहरीले सुन लुटेरा पक्राउ अभियान थाल्यो
  • सामानको तौल कम, मूल्य बढी
  • कोइराला प्रधानमन्त्री असम्भवः गच्छदार
  • पूर्वराजाका निजी सचिवकी पत्नीमाथि खुकुरी प्रहार
  • नेपाल-भारत अदालतका प्रमाण एकअर्कालाई मान्य हुने व्यवस्थाको माग
  • - -

    Cartoon Gallary

     

    Your Comment
    There's no comment for this news yet. You could the first.
    Click here to post your comment.